nmb bank

गृहपृष्ठ सेयर बजारमा दाेहाेराे अंकको गिरावट, काराेबार रकम पनि खुम्चियो

सेयर बजारमा दाेहाेराे अंकको गिरावट, काराेबार रकम पनि खुम्चियो

सेयर बजारमा दाेहाेराे अंकको गिरावट, काराेबार रकम पनि खुम्चियो

साताको पहिलो कारोबार दिन सेयर बजारमा दाेहाेराे अंकको गिरावट आएकाे छ । आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ को विन्दुमा ‌ओर्लिएको हाे । परिसूचक दोहोरो अंकले घट्दा कारोबारमा आएका अधिकांश उपसूचक ओरालो लागेका छन् ।

कारोबार रकमको घट्दो क्रमले आइतबार पनि निरन्तरता पायो । गत साताको अन्तिम कारोबार दिन १ अर्ब ८७ करोड रुपैयाँ रहेको खरिदविक्री रकम आइतबारको कारोबारपछि एक अर्ब ४६ करोड रुपैयाँमा खुम्चिएकाे छ । आज एक अर्ब ४६ करोड ७ लाख रुपैयाँ बराबरका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर २८ हजार ११३ पटक किनबेच भए ।

आइतबार सर्वाधिक सूर्या लाइफ इन्स्योरेन्सको सेयर ९ करोड ७२ लाख रुपैयाँ बराबरको खरिदविक्री भयाे । सिद्धार्थ इन्स्योरेन्सको पनि ५ करोड एक लाख रुपैयाँको सेयर किनबेच भयो । नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ४/४ करोड रुपैयाँ अधिकको सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ । परिसूचक दोहोरो अंकले घट्दा समेत इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जलपा सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.०१ प्रतिशतका हिसाबले कमाए ।

सर्वाधिक गुमाउने युनाइटेड इदी मर्दी आरबी हाइड्रोका लगानीकर्ता हुन् । हाइड्रोको मूल्य प्रतिकित्ता ५.०२ प्रतिशतको दरले घटेको छ ।

प्रकाशित समय : २१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु