गृहपृष्ठ एनएलजी इन्स्योरेन्सका अध्यक्ष वाग्लेद्वारा पदभार ग्रहण
एनएलजी इन्स्योरेन्सका अध्यक्ष वाग्लेद्वारा पदभार ग्रहण
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमलप्रसाद वाग्लेले पदभार ग्रहण गरेका छन् । उनी कम्पनीकाे १६औं साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकबाट सर्वसम्मत अध्यक्षमा चयन भएका थिए ।
अध्यक्ष वाग्लेले आजै बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको सपथ लिई कार्यभार सम्हालेका कम्पनीले जनाएको छ । नवनिर्वाचित अध्यक्ष वाग्लेसँग ३७ वर्षभन्दा बढी निजामती सेवा तथा विभिन्न संस्थामा काम गरेको अनुभव छ ।
प्रकाशित समय : २२:१७ बजे



















