काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनकपुरमा रेल सजाइयो, हैदराबाद हाउसमा उद्घाटन

14.91K
shares

जनकपुर-जयनगर रेल सेवा उद्घाटनको प्रतिक्षामा छ । फूलले सिंगारिएको रेल शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि गुड्नेछ ।

नेपाली रेलको भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा देउवा र मोदीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ । रेल नियमित चल्ने भएपछि जनकपुरको माहोल उत्सवमय छ । भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्ने काम नियमित हुनेछ ।

नेपाल रेल्वे कम्पनीका महानिर्देशक दीपककुमार भट्टराईका अनुसार नेपाल-भारत सीमाको जयनगरमा सजाएर राखिएको रेललाई शनिबार मध्याह्न १२:१५ बजे दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाउने कार्यक्रम तय छ ।

रेलको औपचारिक उद्घाटनअघि प्राविधिकहरू रेल्वेको लिंक र रेलको दुवै बोगीको भौतिक र प्राविधिक पक्षलाई दुरुस्त बनाउन खटिएका छन् । शुक्रबार बिहानैदेखि जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे खण्डको सरसफाइ, लिंकको अवरोध हटाउने र स्टेसनहरूलाई चिटिक्क पारिएको छ ।