काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्रीलंकामा देशव्यापी संकटकाल घोषणा

10.48K
shares

श्रीलंकामा राष्ट्रव्यापी संकटकाल घोषणा गरिएको छ । चरम विदेश मुद्रा अभावले महंगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो । श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएका थिए ।

गत बिहीबारमात्रै राजधानी कोलम्बोस्थित राष्ट्रपति गोतावाया राजापाक्षको निवास नजिकै आन्दोलनकारीले प्रदर्शन गरेका थिए । शुक्रबार केही प्रदर्शनकारी पक्राउ परेका छन् ।

बीबीसीका अनुसार संकटकाल घोषणा भएसँगै हिंसात्मक प्रदर्शनमा संलग्नलाई वारेन्ट बिनै पक्राउ गर्न भनिएको छ । अहिले श्रीलंका ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ ।