गृहपृष्ठ श्रीलंकामा देशव्यापी संकटकाल घोषणा
श्रीलंकामा देशव्यापी संकटकाल घोषणा
श्रीलंकामा राष्ट्रव्यापी संकटकाल घोषणा गरिएको छ । चरम विदेश मुद्रा अभावले महंगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो । श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएका थिए ।
गत बिहीबारमात्रै राजधानी कोलम्बोस्थित राष्ट्रपति गोतावाया राजापाक्षको निवास नजिकै आन्दोलनकारीले प्रदर्शन गरेका थिए । शुक्रबार केही प्रदर्शनकारी पक्राउ परेका छन् ।
बीबीसीका अनुसार संकटकाल घोषणा भएसँगै हिंसात्मक प्रदर्शनमा संलग्नलाई वारेन्ट बिनै पक्राउ गर्न भनिएको छ । अहिले श्रीलंका ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ ।
प्रकाशित समय : १६:०२ बजे

















