गृहपृष्ठ फिफा वरियता : ब्राजिल एक नम्बरमा, नेपालकाे स्थान खस्कियो
फिफा वरियता : ब्राजिल एक नम्बरमा, नेपालकाे स्थान खस्कियो
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ६८औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा नेपाल १ सय ६७औं स्थानमा रहेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरियताको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ६औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८८औं, भुटान १८७औं, पाकिस्तान १९७औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् ।
नयाँ वरियताको शीर्ष स्थानमा ब्राजिल रहेको छ । यस्तै बेल्जियम दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् । इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।
प्रकाशित समय : ००:४४ बजे



















