गृहपृष्ठ नेपालका लागि बाइडेनले नयाँ अमेरिकी राजदूत पठाउँदै

नेपालका लागि बाइडेनले नयाँ अमेरिकी राजदूत पठाउँदै

नेपालका लागि बाइडेनले नयाँ अमेरिकी राजदूत पठाउँदै

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूत प्रस्ताव गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार मंगलबार राष्ट्रपति बाइडेनले परराष्ट्र सेवामै रहेका डिन थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेका हुन् ।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेको छन् । यसअघि उनी यो क्षेत्रका लागि कार्यवाहक सहायक मन्त्री थिए ।

राष्ट्रपति बाइडेनले गरेको प्रस्ताव संसदीय सुनुवाइबाट अनुमोदन भएपछि थम्पसन नयाँ राजदूतका रूपमा नेपाल आउनेछन् । हालका राजदूत र्‍याण्डी बेरी घर फर्किनेछन् ।

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु