काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मौसम खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित

13.82K
shares

मौसममा देखिएको खराबीका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् । बुधबार बिहानैदेखि भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् ।

न्यूनतम २८ सय मिटरको भिजिबिलिटीमा उडान र अवतरण हुँदै आएको छ । आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटरमात्र रहेपछि उडान र अवतरण प्रभावित भएको बताइएको छ।

यसअघि मंगलबार पनि बिहानको उडान र अवतरण प्रभावित बनेको थियो ।