global ime bank Long Banner Ad

गृहपृष्ठ यी चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

यी चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

यी चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य र अन्य भू-भागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार देशमा हाल भारतको बिहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ ।

आज दिउँसो  प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेकाे छ । तर, प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोे छ ।

आज राति प्रदेश १, बागमती, र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेको छ । यसका साथै तराई भू-भागहरुमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेतना जरुरी रहेको महाशाखाले जनाएकाे छ ।

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु