काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नर्भिकमा विश्वस्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर सञ्चालन

12.92K
shares

नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालले केही समय अघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा ल्याएको हो ।

कस्मेटिक, स्किन तथा कपालसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले व्यवस्थित डर्माटोलोजी सेन्टर स्थापना गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । उनकाअनुसार हाल यो सेन्टरमा डा. सिरपा बज्राचार्य नेतृत्वको टिमले सेवा दिन थालेको छ ।

छालामा भएका विभिन्न समस्याहरु जस्तै: acne, scars, warts, exzema, psoriasis, skin cancer, skin infection, skin biopsy, moles/skin growth, dermatologic surgery, skin allergies भएकाले नर्भिकमा आएर अत्याधुनिक सेवा लिन सक्नेछन् । त्यसेगरी botox, medi peel, hydra facial, laser hair removal, laser scar reduction, fillers, collagen induction therapy, non surgical face tigthening, platelet rich plasma therapy, laser removal of moles, skin tags, warts जस्ता सेवासमेत नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा उपलब्ध हुने डा. बज्राचार्यले जानकारी दिइन् ।

नर्भिकको यो सेन्टरमा देशका अरु अस्पताल वा यस्तै सेन्टरभन्दा राम्रो सेवा उपलब्ध हुने उनको दाबी छ । ‘आवश्यक सबै उपकरणहरु अरुभन्दा निकै नै स्तरीय र अत्याधुनिक मगाइएको छ,’ उनले भनिन्, ‘उपकरणहरु आउन केही समय लाग्छ । ती उपकरण पनि आइसकेपछि नर्भिकको यो सेन्टरमा कस्मेटिक र स्किनसँग सम्बन्धित जुनसुकै समस्या निराकरणको विश्वस्तरीय पूर्ण प्याकेज उपलब्ध गराउन हामी सक्षम हुनेछौं ।’

नर्भिकले विगत ७ वर्षदेखि डा. बज्राचार्यकै नेतृत्वमा स्किनसँग सम्बन्धित स्वास्थ्य समस्याको ओपीडी सञ्चालन गर्दै आएको थियो । अहिले त्यही सेवालाई बिस्तार गरी कस्मेटिक समेत थपेर वृहत रुपमा नयाँ ढंगले सञ्चालन गरिएको हो । नर्भिकमा डा. बज्राचार्यको ओपीडी सेवा आइतबारदेखि शुक्रबारसम्म मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।