गृहपृष्ठ प्रो-वाेनो कानुन व्यवसायीहरूकाे राष्ट्रिय सम्मेलन : ९ बुँदे घाेषणापत्र जारी
प्रो-वाेनो कानुन व्यवसायीहरूकाे राष्ट्रिय सम्मेलन : ९ बुँदे घाेषणापत्र जारी
आर्थिक रूपले कमजोर वर्गलाई नि:शुल्क कानुनी सहायता प्रदान गर्ने उद्देश्यले संसारभरि प्रचलनमा रहेको 'प्रो वाेनाे कानुन व्यवसायी'हरूको पहिलो राष्ट्रिय सम्मेलन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । खासगरी पछिल्लो समय वैदेशिक रोजगारी र मानव बेचबिखनका घटना बढ्दै गएको र उनीहरूले आर्थिक समस्याका कारण कानुनी सेवा पाउन नसक्ने अवस्था आएपछि सम्मेलन गरिएको आयाेजकले जनाएकाे छ ।
USAID, UKaid र हाम्राे सम्मान परियाेजनाको सहयोगमा नेपाल बार एसोसिएशन र पिपुल फाेरमद्वारा संयुक्त रूपमा आयाेजित तथा प्राे वाेनाे कानुन व्यवसायीहरूकाे राष्ट्रिय सञ्जाल समेतकाे समन्वयमा भएकाे सम्मलेनले ९ बुँदे घाेषणापत्र जारी गरेकाे छ । आइतबार पत्रकार सम्मेलन गरी घाेषणापत्र जारी गरिएकाे हाे । घोषणापत्रमा नि:शुल्क कानुनी सेवा प्रदान गर्ने, कानुन व्यवसायीलाई हाैसला दिनेजस्ता बुँदाहरू उल्लेख गरिएकाे छ ।
प्रकाशित समय : १९:१९ बजे