गृहपृष्ठ सात वर्षपछि हेलिकप्टर चढेर रोल्पा जाँदै प्रचण्ड
सात वर्षपछि हेलिकप्टर चढेर रोल्पा जाँदै प्रचण्ड
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' १० वर्षे जनयुद्धको आधारक्षेत्र रोल्पा जाने भएका छन् । उनी सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै सोमबार (आज) सात वर्षपछि हेलिकप्टर चढेर रोल्पा जान लागेका हुन् । प्रचण्ड सदरमुकामस्थित आर्मी ब्यारेकमा अवतरण गर्नेछन् ।
उनी सात्दोबाटोमा रहेको जनयुद्ध स्मृति भ्युटावरको उद्घाटन गरेर लिबाङ झर्नेछन् । प्रचण्डले दिउँसो पार्टीको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको माओवादी केन्द्र रोल्पाले जनाएको छ ।
पार्टीको सभालाई प्रचण्डसँगै प्रवक्ता कृष्ण बहादुर महरा, नेत्री जयपुरी घर्ती, सदस्य जोग बहादुर महरा, सीता आचार्यलगायतका नेताहरूले पनि सम्बोधन गर्ने बताइएको छ । पूर्वप्रधानमन्त्री प्रचण्ड भने कार्यक्रम सकेर सोमबार नै हेलिकप्टरबाट काठमाडौं फर्कने छन् ।
प्रकाशित समय : १३:३५ बजे



















