काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सात वर्षपछि हेलिकप्टर चढेर रोल्पा जाँदै प्रचण्ड

13.57K
shares

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' १० वर्षे जनयुद्धको आधारक्षेत्र रोल्पा जाने भएका छन् । उनी सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै सोमबार (आज) सात वर्षपछि हेलिकप्टर चढेर रोल्पा जान लागेका हुन् । प्रचण्ड सदरमुकामस्थित आर्मी ब्यारेकमा अवतरण गर्नेछन् ।

उनी सात्दोबाटोमा रहेको जनयुद्ध स्मृति भ्युटावरको उद्घाटन गरेर लिबाङ झर्नेछन् । प्रचण्डले दिउँसो पार्टीको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको माओवादी केन्द्र रोल्पाले जनाएको छ ।

पार्टीको सभालाई प्रचण्डसँगै प्रवक्ता कृष्ण बहादुर महरा, नेत्री जयपुरी घर्ती, सदस्य जोग बहादुर महरा, सीता आचार्यलगायतका नेताहरूले पनि सम्बोधन गर्ने बताइएको छ । पूर्वप्रधानमन्त्री प्रचण्ड भने कार्यक्रम सकेर सोमबार नै हेलिकप्टरबाट काठमाडौं फर्कने छन् ।