global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल ५-पी अन्तराष्ट्रिय प्रदर्शनी हुँदै

नेपाल ५-पी अन्तराष्ट्रिय प्रदर्शनी हुँदै

नेपाल ५-पी अन्तराष्ट्रिय प्रदर्शनी हुँदै

मिडिया स्पेस सोलुसन्स् प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ सम्बन्धि बृहत अन्तराष्ट्रिय प्रदर्शनी 'नेपाल ५-पी' हुँदैछ । उक्त प्रदर्शनी चैत्र १७ गतेदेखि चैत २० गतेसम्म चितवन एक्स्पो सेन्टर, दुर सञ्चार रोड, भरतपुर, चितवनमा आयोजना हुन लागेको हो । प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी एक सय २० भन्दा बढि कम्पनीहरूको स्टल रहने छन् । नेपाल ५-पी पाँच विधाका सम्पूर्ण व्यापारी, व्यवसायीलाई एकै ठाउँमा एकीकृत गरी व्यवसायिक साझेदारी, नविनतम प्रविधि प्रर्दशन तथा संवाद गर्न उक्त प्रदर्शनी एउटा साझा मञ्च हुने विश्वास आयोजकले गरेका छन् ।

प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बिब कक, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस्, पेपर मेसिनरी, पेपर कप मेसिनरी सबै खालका कागज र स्पेर पार्टस्, सिलाई मेसिनरी उत्पादकहरू, प्याकेजिङ मेसिनरी, र्‍याप फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरूको सहभागिता हुनेछ ।

प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सम्बन्धित ख्याती प्राप्त ब्रान्डका मेसिनहरू द्वारा प्रत्यक्ष प्रर्दशनी समेत रहने आयोजकद्वारा जानकारी दिइएको छ । नेपाल सार्क क्षेत्रमा द्रुत गतिमा बढिरहेको बजार हो । यस प्रदर्शनीले हजारौंको संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङका खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरूलाई एकै ठाँउमा उभ्याउदै वितरक र खरिदकर्ता बीचको सिधा सम्पर्क प्रवर्दन गर्ने आयोजकले विश्वास लिएका छन् ।

'सप्लायर्स र उत्पादकहरूको साझा मन्च मात्र नभएर नेपाल ५-पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्‍याउन संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरूलाई भित्राउने छ,' नेपाल ५-पी एक्स्पोका आयोजक मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा दाबी गरेका छन् ।

यो प्रदर्शनीलाई नेपाल मुद्रण उधोग महासंघ, कोरोगेटेड बक्स म्यानुफ्याक्चर्स, चितवन उधोग संघ र नेपाल उधोग परिसंघ लगायत एआइपिआइए र आइएससीएमए जस्ता विदेशी संस्थाहरूले सहयोग गरेको छ ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु