गृहपृष्ठ स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री

स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री

स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री

तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरे ।

शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

शनिबार दुई देशबीच विभिन्न ९ बुँदे सम्झौतासमेत भएको थियो । विदेशमन्त्री वाङ अफगानिस्तान, पाकिस्तान र भारकाे भ्रमण सकेर काठमाडाैं आएका थिए ।

प्रकाशित समय : २१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु