काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री

15.39K
shares

तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरे ।

शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

शनिबार दुई देशबीच विभिन्न ९ बुँदे सम्झौतासमेत भएको थियो । विदेशमन्त्री वाङ अफगानिस्तान, पाकिस्तान र भारकाे भ्रमण सकेर काठमाडाैं आएका थिए ।