global ime bank Long Banner Ad

गृहपृष्ठ नबिल बैंकद्वारा बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान

नबिल बैंकद्वारा बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान

नबिल बैंकद्वारा बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान

नबिल बैंकले बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुंगटा जडान गरेको छ । विश्वमा बढ्दै गएको जलवायु परिवर्तन प्रतिको संवेदनशीलतालाई मनन गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बैंकले काठमाडौंस्थित बौद्ध स्तुपाका पुराना लुंगटालाई हटाएर वातावरण मैत्री लुंगटाको सुरूवात गरिएको हो । योसँगै बैंकले वातावरण सम्बन्धी सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको छ ।

नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरण मैत्री नहुने भएकाले यिनीहरूको सविस्थापन गरी वातावरण मैत्री सामान प्रयोग गर्ने कार्य गरिएको हो ।

हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा सुरू गरेको वातावरण मैत्री लुंगटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउँने उदेश्यले सो कार्यको सुरुवात गरिएको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसँद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, विश्व वन्यजन्तु कोष नेपालका देश प्रतिनिधि डा. घन श्याम गुरुङ, सामाजिक अभिन्ता तथा गायिका आनि छोइङ डोल्मा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा तथा वातावरणको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा सरोकारवालाको उपस्थितिमा गरिएको सो कार्यक्रममा सहभागिहरूले यो अभियानलाई व्यापक बनाउनु पर्नेमा जोड दिए ।

सो अवसरमा उपस्थित सबैले वातावरण मैत्री लुंगटामा हस्ताक्षर गर्दै नेपालमै उत्पादन भएको वातावरण मैत्री सामान प्रयोग गर्ने अभियानप्रति ऐक्यबद्धता जनाए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । बैंकले नियमित बैंकिङ गतिविधि अन्तर्गत पनि दीगो विकासलाई सहयोग पुग्ने कार्य गर्दैछ । यसै वर्षदेखि सुरू गरेको नबिल दीगो बैंकिङअन्तर्गत हरित उद्यम, कृषि, नविकरणीय उर्जाको क्षेत्रमा लगानी गर्ने र यस्ता उद्यमलाई प्रोत्साहन समेत गर्दै आएको छ ।

विभिन्न अध्ययनहरूले देखाए अनुसार नेपाल जलवायु परिवर्तनको जोखिममा विश्वकै चौथौ स्थानमा पर्छ । बढ्दै गएको जलवायु परिवर्तनको असरले विपद्को प्रभाव समेत बढाउँने हुदा वतावरण संरक्षणप्रति सबै सचेत र सजग हुनुपर्छ भन्ने मान्यताका आधारमा नबिलले यस किसिमका अभियानलाई अघि बढाएको छ । विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपामा दीगोपना भएका सामग्रीको प्रयोगलाई प्रवर्धन गर्न सुरू गरिएको यो अभियानलाई बैंकले आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ ।

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु