चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न मेरियट पुगे प्रचण्ड
वि.सं.२०७८ चैत १३ आइतवार १८:०६
shares

चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मेरियट होटल पुगेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता नसकिँदै प्रचण्ड नक्सालस्थित मेरियट होटल पुगेका हुन् । तीन दिने नेपाल भ्रमणका लागि चैत ११ मा नेपाल आएका विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।
राष्ट्रपति भण्डारीसँगको भेटवार्ता पछि चिनियाँ विदेशमन्त्री वाङले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई भेटेका हुन् । वाङ आजै स्वदेश फर्किने कार्यक्रम छ ।

























