गृहपृष्ठ चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न मेरियट पुगे प्रचण्ड
चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न मेरियट पुगे प्रचण्ड
चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मेरियट होटल पुगेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता नसकिँदै प्रचण्ड नक्सालस्थित मेरियट होटल पुगेका हुन् । तीन दिने नेपाल भ्रमणका लागि चैत ११ मा नेपाल आएका विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।
राष्ट्रपति भण्डारीसँगको भेटवार्ता पछि चिनियाँ विदेशमन्त्री वाङले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई भेटेका हुन् । वाङ आजै स्वदेश फर्किने कार्यक्रम छ ।
प्रकाशित समय : १८:०६ बजे



















