global ime bank Long Banner Ad

गृहपृष्ठ कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु

कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु

कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालमा पर्यटकको आगमन सुरु भएको छ । कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको विस्तारै आगमन सुरु भएको हो ।

कोभिड-१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्रमा विस्तारै पर्यटकको आगमन हुन थालेको । पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका-६ कञ्चनजंघा प्रवेशद्धार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए । पर्यटकको चहलपहल हुन थालेसँगै लामो समय बन्द भएको व्यवसाय सञ्चालनमा आउन थालेको शेर्पाले भने ।

दुई वटा पदर्मागबाट हिमालसम्म पर्यटक पुग्छन् । दक्षिण (रुट) पदर्माग पाँथचरको गणेश चोकदेखि याम्फुदिन हुँदै कञ्चनजंघा हिमालको आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । यस रुट हुँदै नर्वे र स्वीच देशका नागरिकका दुई समूह शुक्रबार साे क्षेत्रमा प्रवेश गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए । उत्तर रुट पदर्माग ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि घुन्सा हुँदै आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । दक्षिणबाट बिहीबार १९ बाह्य पर्यटक हिमालको प्रवेशद्धार घुन्सा क्षेत्रमा प्रवेश गरको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले बताए ।

चालु आर्थिक वर्ष २०७८-७९ को हालसम्ममा करिब १५० पर्यटकले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका छन् । चालु आवको पहिलो सिजन (मौसम)मा कूल १४१ पर्यटकले भ्रमण गरेका परिषद् कार्यालयले जनाएको छ । दुई वर्षसम्म सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्र चालु आवमा महामारीको प्रभाव केही कम बनेपछि सीमित सङ्ख्यामा पर्यटकको आगमन भएको हो । यस वर्षको पहिलो पर्यटकीय मौसम असोज र कात्तिकमा अमेरिका, फ्रान्स, ताइवानलगायत देशबाट पर्यटक भ्रमणमा आएका जनाइएको छ ।

कोरोना महामारी सुरु भएको अघिल्लो वर्षसम्म पछिल्लो दशकको अवधिमा पाँच हजार ४२७ पर्यटकले साे क्षेत्रको भ्रमण गरेका कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयको तथ्यांक छ । तथ्यांक अनुसार उक्त अवधिभित्र सबैभन्दा बढी आव २०७५-७६ मा ८०६ पर्यटकले भ्रमण गरेका छन् ।

प्रकाशित समय : १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु