काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक, स्वस्तिमाकाे फरक रुप

13.25K
shares

नायिका स्वस्तिमा खड्काको फर्स्ट लुक्स आउँदा नै निकै चर्चा बटुलेको चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।

दीपेन्द्र के खनालको कथा, छायांकन तथा निर्देशनमा तयार भएको ‘चिसो मान्छे’को ट्रेलरमा अभिनेत्री स्वस्तिमा कर्णालीको वेषभूषामा देखिएकी छन् । यसअघि नै यो लुक्समा स्वस्तिमाले राम्रो चर्चा बटुलिसकेकी छन् । टिजरमा अभिनेता अर्पण र देशभक्त खनाल पनि देखिएका छन् । डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको यो चलचित्रमा कर्णाली क्षेत्रको कथा रहेको जानकारी निर्माण टिमले दिएको छ । चलचित्रलाई दीर्घ गुरुङले सम्पादन गरेका छन् । आगामी असार ३ गतेलाई प्रदर्शन मिति तोकेको ‘चिसो मान्छे’मा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन् ।