काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेबोनबाट स्वीकृत

8.39K
shares

नेपाल फाइनान्स कम्पनी लिमिटेड (NFS)ले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । फाइनान्सले चैत ८ गते मंगलबार हकप्रद जारी गर्न बोर्डबाट अनुमति पाएको हो । गत कार्तिक १ गते नियामक निकाय धितोपत्र बोर्डसँग फाइनान्सले हकप्रदको अनुमति मागेको थियो ।

फाइनान्सले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.७० कित्ता अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । नेपाल फाइनान्स कम्पनीको भदौ २६ गते शनिबार सम्पन्न २८ औँ वार्षिक साधारण सभाले ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम हुने चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

ललितपुर फाइनान्सलाई प्राप्ति पछि नेपाल फाइनान्सको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रूपैयाँ पुगेको छ । ७० प्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५३ रुपैयाँ पुग्नेछ ।