काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा प्रतिक्षालय निर्माण

6.94K
shares

महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत जालपा माध्यमिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ ।

जालपा माध्यमिक विद्यालयको प्रांगणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतिक्षालय निर्माणपछि हस्तान्तरण गरिएको कुरा यस बैंकको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी गराए ।

विद्यालयमा अध्ययनरत विधार्थिहरुलाई घाम पानीबाट बच्न सजिलोहोस् भन्ने उद्देश्यले बैंकले प्रतिक्षालय निर्माण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक त्तम बहादुर मल्लले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणिय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।