global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालबाट ८० अर्बभन्दा बढीको तेल भारत निर्यात

नेपालबाट ८० अर्बभन्दा बढीको तेल भारत निर्यात

नेपालबाट ८० अर्बभन्दा बढीको तेल भारत निर्यात

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले भारतमा ८० अर्ब रुपैयाँभन्दा बढीको तेल निर्यात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा नेपालले भारतमा ८० अर्ब ३५ करोड ४६ लाख ३६ हजार रुपैयाँको तेल पठाएको हो । पछिल्लो आठ महिनामा नेपालले विभिन्न देशमा कूल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । निर्यात गरेकोमध्ये आधाभन्दा बढी हिस्सा तेलले ओगटेको छ ।

यस वर्ष नेपालले भारतमा ४१ अर्ब ४० करोड १७ लाख ८१ हजार रुपैयाँको प्रशोधित भटमास तेल पठाएको छ । यस्तै, सोही अवधिमा ३५ अर्ब ३३ करोड ८० लाख ७६ हजार रुपैयाँको पाम तेल नेपालबाट भारत गएको छ । यस वर्ष ३ अर्ब ६१ करोड ४७ लाख ७९ हजार रुपैयाँको सनफ्लावर तेल पनि भारतमा निर्यात भइसकेको छ ।

प्रकाशित समय : २३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु