nmb bank

गृहपृष्ठ मन्त्रिपरिषदमा हेरफेरको कुरा चलिरहेको छ : प्रचण्ड

मन्त्रिपरिषदमा हेरफेरको कुरा चलिरहेको छ : प्रचण्ड

मन्त्रिपरिषदमा हेरफेरको कुरा चलिरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा हेरफेरको कुरा चलिरहेको बताएका छन् । पार्टी प्रशिक्षणको सिलसिलामा मधेश प्रदेशमा पुगेका प्रचण्डले मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले भने,‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन। सम्भावना चाहिँ छ । ’उनले केही मन्त्रालय हेरफेर हुने र केही नयाँ मन्त्री आउने सम्भावना रहेको बताए । मन्त्रिमण्डल पुनर्गठन हुँदा माओवादीले आफ्नो हैसियतअनुसारको सिट पाउनुपर्ने प्रचण्डले दाबी गरे ।

‘प्रधानमन्त्रीको पार्टीको महाधिवेशनसम्म सहयोग गरेको र माधवजीले भर्खर पार्टी बनेकोले सहयोग गर्नुपर्छ भनेकोले हामीले त्याग गरेका थियौँ’, प्रचण्डले भने,‘अहिले चाहिँ हेरफेर हुने स्थिति आयो भने हैसियतअनुसार पाउनुपर्छ भनेका छौं, त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।’

प्रकाशित समय : १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु