गृहपृष्ठ नेपाललाई अर्को सफलता : यूएईको तेस्रो विकेट पतन
नेपाललाई अर्को सफलता : यूएईको तेस्रो विकेट पतन
आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेट लिए । यसअघि नेपालका लागि करण केसी दोस्रो र कप्तान सन्दीप लामिछानेले पहिलो विकेट लिएका थिएका थिए । यूएईले २१ ओभरमा ७३ रन जोडेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले यूएईविरुद्ध जितको खोजस्मा हुनेछ ।
नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहेको छ । आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।
यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई तीन खेलमा विजयी भएको छ ।
प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हारसहित १० अंकका साथ छैटौँ स्थानमा छ । यूएई १७ खेलमा ९ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।
प्रकाशित समय : १९:०६ बजे



















