गृहपृष्ठ भारतमा कोरोना भाइरसका दैनिक संक्रमितको संख्या १५ सय ५४९

भारतमा कोरोना भाइरसका दैनिक संक्रमितको संख्या १५ सय ५४९

भारतमा कोरोना भाइरसका दैनिक संक्रमितको संख्या १५ सय ५४९

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा २ हजार भन्दा कम संक्रमित भएका हिजो दोस्रो दिन भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

गत २४ घण्टामा तीन लाख ८४ हजार ४९९ को कोरोना परीक्षण गरिएकोमा एक हजार ५४९ मा मात्र कोरोना संक्रमण भएको जनाइएको छ । आइबार मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार एक हजार ७६१ मा यो संक्रमण देखिएको थियो । योसँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने २५ हजार १०६ पुगेको अधिकारीले जनाएका छन् । सक्रिय संक्रमितकाे यो संख्या कूल ०.०६ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणका कारण ३१ जनाको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम पाँच लाख १६ हजार ५१० को मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ६५२ कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितकाे संख्या भन्दा मुक्त भएकाको धेरै भएकाले सक्रिय संक्रमित पनि घट्दै गइरहेका हुन् ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८३ करोड ५२ लाख २५ हजार ६० डोज खोप लगाइएको छ ।

प्रकाशित समय : १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु