गृहपृष्ठ निर्वाचन आयोगप्रति ओलीको आक्रोश- गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाइयो

निर्वाचन आयोगप्रति ओलीको आक्रोश- गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाइयो

निर्वाचन आयोगप्रति ओलीको आक्रोश- गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाइयो

एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिटब्यूरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग र गठबन्धनबीचको सल्लाहमा नियम, आचारसंहिता र मतपत्रको रङको टुंगो लगाएको आरोप लगाएका हुन् ।

एमालेको स्थानीय तहमा वर्चश्व रहेकाले पदाधिकारीले राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने नियम बनाएको उनको आरोप छ । ‘हामीसँँग छलफल गर्नु पर्दैन ? सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नु नपर्ने ?' उनले भने, ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने नियम बनाइयो ।'

एमालेविरुद्ध आयोग प्रयोग भइरहेको भन्दै ओलीले मतपत्रको रङ हरियो बनाउने विषयप्रति पनि आपत्ति जनाए । आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सचेत भएर स्थानीय तहको निर्वाचनमा सहभागी हुने ओलीको भनाइ छ ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु