global ime bank Long Banner Ad

गृहपृष्ठ शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल

शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल

शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल

बाँकेको राप्तीसोनारी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई साइकल वितरण अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । उनका भने, 'राप्ती सोनारीमा यसवर्ष एक हजार १७ छात्रालाई साईकल वितरण गर्ने योजना छ ।'

'यस वर्षबाट छात्रालाई साईकल वितरण गरेर यो कामको सुरुवात गरेका छौं, आगामी वर्षबाट छात्रले पनि पाउनु हुनेछ', उनले भने । गाउँपालिकाले आईतवार वडा-९ स्थित गणेश माध्यमिक विद्यालयका ७८ छात्रालाई साईकल हस्तान्तरण गरेको छ ।

विद्यालयका कुल ९७ जना छात्रालाई साइकल वितरण गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले बताइ ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु