global ime bank Long Banner Ad

गृहपृष्ठ निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

नेपालको पहिलो बैंक नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत फागुनमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।

गत फागुनमा नेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकमध्ये १७ वटा वाणिज्य बैंकको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ५ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै वाणिज्य बैंकको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ । अहिले वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ ।

फागुनमा मात्रै वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह १७ अर्ब रुपैयाँले विस्तार भएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १९ वटा वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ ।

नेपाल अधिराज्यभर २१३ शाखा, १४७ एटीएम मेसिनका साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा दिइरहकाे यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गर्दै आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

प्रकाशित समय : ००:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु