काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्यालहरुको मोर्चा कसेर हात्तीको शिकार गर्न सकिँदैन: ओली

12.75K
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्यालहरुको मोर्चा कसेर हात्तीको शिकार गर्न नसकिने भन्दै गठबन्धनप्रति टिप्पणी गरेका छन् । नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन केही नभएको प्रष्ट पारे ।

'प्रचण्डजी तपाईं हामीले बनाइदिएको भाडो हेरर बसिरहनुभएको छ । त्यसभित्रको त सकिसकेको छ । हामीले भरिदिएको भाडो त सकिसकेको छ,' उनले भने ,'मेयर उपमेयरदेखि जनप्रतिनिधि र नेताहरु एमालेमा प्रवेश गरेको लस्कर देख्नुभएको छैन ?' उनले नेकपा माओवादी केन्द्रलाई रित्याउने मात्रै होइन खुर्कीखार्की पारेर निकाल्ने बताए ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी भने पार्टी नै नभएको उनको टिप्पणी छ । 'अर्को एउटा पार्टी छ त्यो बनेको नै छैन । बन्दै बन्दैन । ध्वस्त हुन्छ । समाप्त हुन्छ अहिले मात्रै फुरफुर मात्रै हो,' उनले भने । एमालेले टासिदिएको जुँगामा ताउ लगाउने काम भएको उनको भनाइ छ । 'यो गठबन्धन केही होइन अदालतले बनाइदिएको काँचो सिसाको हो,' उनले भने, 'मुद्दा जितेर आएका हुन् । जनतासामु लगेर यिनीहरुलाई पछार्नुपर्छ ।'

उनले नेपाली कांग्रेस बुढो भएको भन्दै यसअघि २३ यस सिटमा पुगेको कांग्रेसलाई अब १३ मा पुर्‍याउने गरी नेता कार्यकर्तालाई जिल्लामा खटिन निर्देशन दिए । '६० वर्षभन्दा माथिकाले कांग्रेसलाई भोट हाल्दैन । सामाजिक सुरक्षा भत्ता लिइरहेका र लिने तयारीमा रहेकाले पनि भोट हाल्दैनन्,' उनले भने, 'युवादेखि लिएर कसैले पनि भोट हाल्दैन ।'

७५३ स्थानीय तहमध्ये अब ४ सयमा जित हासिल गराउनु पर्ने उनकाे भनाइ छ । उनले स्थानीय तहको निर्वाचनको असाधारण महत्व रहेको भन्दै जिल्ला जिल्लामा खटिन कार्यकर्तालाई निर्देशन दिए ।