काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

श्रीमती हत्यामा श्रीमान पक्राउ, ओढारमा शव फेला

15.96K
shares

श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन् । फाल्गुनन्द गाउँपालिका-३ का ३५ वर्षीय दिलीप नेम्वाङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चैत ३ गते सामान्य घरायसी झगडा हुँदा नेम्वाङले आफ्नै ३९ वर्षीया श्रीमती निशा थेवेलाई घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ ।

श्रीमतीको हत्यापछि घर नजिक जंगलस्थित ढुंगाकाे ओढारमा शव छोपेर लुकाएको लिम्बुले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शुक्रबार जंगलबाट शव बरामद गरेसँगै हत्या आरोपमा श्रीमान नेम्वाङ पक्राउ परेका हुन् ।