गृहपृष्ठ श्रीमती हत्यामा श्रीमान पक्राउ, ओढारमा शव फेला
श्रीमती हत्यामा श्रीमान पक्राउ, ओढारमा शव फेला
श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन् । फाल्गुनन्द गाउँपालिका-३ का ३५ वर्षीय दिलीप नेम्वाङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चैत ३ गते सामान्य घरायसी झगडा हुँदा नेम्वाङले आफ्नै ३९ वर्षीया श्रीमती निशा थेवेलाई घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ ।
श्रीमतीको हत्यापछि घर नजिक जंगलस्थित ढुंगाकाे ओढारमा शव छोपेर लुकाएको लिम्बुले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
शुक्रबार जंगलबाट शव बरामद गरेसँगै हत्या आरोपमा श्रीमान नेम्वाङ पक्राउ परेका हुन् ।
प्रकाशित समय : १७:११ बजे



















