सातामा सेयर बजार : नेप्से २६ सय ३१ अंकमा पुगेर खुम्चिँदा १२ अर्ब ३१ करोडको सेयर कारोबार
वि.सं.२०७८ चैत ४ शुक्रवार २१:३०
shares

यो साता पनि लगानीकर्ताहरुको लागि नेप्से खासै सुखद देखिएन् । नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेकोमा पहिलो र दोस्रो कार्य दिने नेप्से बढेपनि तेस्रो र चौंथो कार्य दिन भने नेप्से घटेको थियो । पाँचौं दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहको थियो । खुलेको चार कार्य दिनमा पनि दोस्रो कार्यदिन ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा समस्या आउँदा नेप्से निर्धारित समय भन्दा दुई घण्टा अघि नै बन्द भएको थियो । सोही आधारमा पनि यो साता नेप्से सुचक तथा कारोबार रकम दुबै खुम्चिएको हो ।
नेप्से २६ सय ३१ दशमलव ३२ अंकमा पुगेर खुम्चिदा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ९७ दशमलव ३७ अंकमा पुगेर खुम्चिएको छ । सोही अनुरुप यो साता कुल कारोवार रकम १२ अर्ब २२ करोड ६७ लाख ७८ हजार पाँच सय ८९ रुपैयाँमा सिमित हुन पुगेको छ ।
दुई सय ३१ वटा कम्पनीहरुको एक लाख ६६ हजार पाँच सय ४२ पटकको कारोवारमा यो साता दुई करोड २८ लाख ६८ हजार तीन सय ९७ कित्ता सेयर खरिद बिक्री भएका छन् । गत साता भने १० अर्ब २३ करोड ८३ लाख ६१ हजार सात सय ७८ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
उक्त साता दुई सय ३० वटा कम्पनीहरुको एक लाख ९९ हजार आठ सय ७८ पटकको कारोवारमा दुई करोड १० लाख २५ हजार ८१ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
कारोबार खुलेको मध्ये यो साता पहिलो दिन एक सय एक दशमलव सात अंकले बढेर दुई हजार छ सय ६७ दशमलव ९७ अंकमा पुगेको नेप्से दोस्रो दिन पनि शुन्य दशमलव १५ अंकले बढेर दुई हजार छ सय ६८ दशमलव ११ अंकमा पुग्न सफल भएको थियो ।
तेस्रो दिन भने १७ दशमलव १५ अंकले घटेर दुई हजार छ सय ५० दशमलव ९७ अंकमा झरेको नेप्से चौथो दिन १९ दशमलव ६५ अंकले घटेर २६ सय ३१ दशमलव ३२ अंकमा सिमित हुन पुगेको छ ।
यसैगरी पहिलो दिन १६ दशमलव ३७ अंकले बढेर पाँच सय नौ दसमलव ९० अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने शुन्य दशमलव शुन्य पाँच अंकले घटेर पाँच सय नौं दशमलव ८५ अंकमा पुगेको थियो । तेस्रो कारोबार दिन भने सात दशमलव २६ अंकले घटेर पाँच सय दुई दशमलव ५९ बिन्दुमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पाँच दशमलव २२ अंकले घटेर चार सय ९७ दशमलव ३७ अंकमा सिमित हुन पुगेको छ ।
यो साता नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी आदिको बढी रकम कारोवार भएको छ भने सेयर कारोबार भएको संख्याको आधारमा नेसनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली लगायतका कम्पनीहरु अगाडि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेको छ ।
























