गृहपृष्ठ लगातार दोस्रो जितको दाउमा नेपाल

लगातार दोस्रो जितको दाउमा नेपाल

लगातार दोस्रो जितको दाउमा नेपाल

पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ।

सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ। पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो । यूएई समेत लगातार दोस्रो जित निकाल्ने योजनामा  छ । उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो ।

हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने-सामने भएका छन् । जसमा नेपाल र यूएई दुबैले समान २ पटक जित हात पारेका छन् ।

लिगमा यूएई १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अंक जोडेर  छैटौँ स्थानमा  छ ।

प्रकाशित समय : १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु