काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इस्लिङटन कलेजमा होली कार्यक्रम सम्पन्न

15.39K
shares

इस्लिङटन कलेजले होलीकाे अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । विद्यार्थी, शिक्षक, कमचारी र आमन्त्रित व्यक्तित्वहरुबीच कलेजले होली मनाएको हो । कलेजले विगत दुई वर्षदेखि रोकिएको होली यस वर्ष सांस्कृतिक कार्यक्रम गरी मनाएका हुन् ।

कलेजको कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा खेलकुद, फुड स्टल, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । कलेजले आफ्नो क्यालेण्डरअनुसार मनाउने यो पर्व विगत दुई वर्षयता कोभिड-१९ का कारण मनाउन सकेको थिएन । कलेजको क्यालेण्डर अनुसार मनाइएको  होलीमा कलेजका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, विभिन्न विभागीय प्रमुख ,सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

विद्यार्थी, शिक्षक र कर्मचारी बीचको सम्बन्ध प्रगाढ पार्न र उत्सवलाई थप मनोरञ्जन गर्न कलेजले होली कार्यक्रम आयोजना गरेको कलेजका प्रमुख प्राज्ञिक अधिकृत रोहित पाण्डेले बताए । विशेष गरी पढाइको अलावा सबैलाई परिवारको सदस्यको रूपमा परिचय गराउन सबै सँगसँगै होली मनाउने प्रचलन बढाएको कलेजको भनाइ छ ।