गृहपृष्ठ इस्लिङटन कलेजमा होली कार्यक्रम सम्पन्न
इस्लिङटन कलेजमा होली कार्यक्रम सम्पन्न
इस्लिङटन कलेजले होलीकाे अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । विद्यार्थी, शिक्षक, कमचारी र आमन्त्रित व्यक्तित्वहरुबीच कलेजले होली मनाएको हो । कलेजले विगत दुई वर्षदेखि रोकिएको होली यस वर्ष सांस्कृतिक कार्यक्रम गरी मनाएका हुन् ।
कलेजको कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा खेलकुद, फुड स्टल, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । कलेजले आफ्नो क्यालेण्डरअनुसार मनाउने यो पर्व विगत दुई वर्षयता कोभिड-१९ का कारण मनाउन सकेको थिएन । कलेजको क्यालेण्डर अनुसार मनाइएको होलीमा कलेजका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, विभिन्न विभागीय प्रमुख ,सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।
विद्यार्थी, शिक्षक र कर्मचारी बीचको सम्बन्ध प्रगाढ पार्न र उत्सवलाई थप मनोरञ्जन गर्न कलेजले होली कार्यक्रम आयोजना गरेको कलेजका प्रमुख प्राज्ञिक अधिकृत रोहित पाण्डेले बताए । विशेष गरी पढाइको अलावा सबैलाई परिवारको सदस्यको रूपमा परिचय गराउन सबै सँगसँगै होली मनाउने प्रचलन बढाएको कलेजको भनाइ छ ।
प्रकाशित समय : २२:२५ बजे


















