global ime bank Long Banner Ad

गृहपृष्ठ सामसङ ग्यालेक्सी एस २२ सिरिज नेपालमा मार्च १५ देखि उपलब्ध हुने

सामसङ ग्यालेक्सी एस २२ सिरिज नेपालमा मार्च १५ देखि उपलब्ध हुने

सामसङ ग्यालेक्सी एस २२ सिरिज नेपालमा मार्च १५ देखि उपलब्ध हुने

स्मार्टफोन ब्राण्ड सामसङले नेपालमा आफ्नो सर्वाधिक प्रिमियम ब्राण्डको ग्यालेक्सी एस २२ सिरिज नेपाली बजारमा ल्याएको छ । कम्पनीले ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ मोबाइलहरु नेपाली बजारमा ल्याएको हो ।

ग्यालेक्सी एस २२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो-स्तरको क्यामराका साथमा आइकोनिक एस-पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेको छ  । यस्तै आकर्षक एवं दीगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस २२ प्लस र एस २२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसरयुक्त अद्भुत क्यामराहरु रहेका छन् । कम्पनीका अनुसार एस २२ अल्ट्रा सामसङको हालसम्मकै सर्वाधिक शक्तिशाली फोन हो । अल्ट्राभित्र रहेको एस पेनले अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभ रुपमा काम गर्दछ । साथै अल्ट्राले नोटको विरासतलाई निरन्तरता दिएर सिर्जनात्मक हुने र कार्यहरु गर्ने नयाँ शैलीहरु प्रदान गरेको छ । यसमा अद्वितीय क्यामरा लेन्सहरु र धातुको चिल्लो फ्रेम छ  ।

ग्यालेक्सी एस २२ अल्ट्राले उज्यालो तथा अँध्यारो दुवै अवस्थामा तत्काल पोस्ट गर्न मिल्ने फुटेजहरु खिच्न सघाउँछ । साथै यो फोन सामसङको हालसम्मकै सर्वाधिक ठूलो पिक्सल सेन्सर २.४ यूएम पिक्सल सेन्सरका साथ निर्माण भएको छ । यस्तै यसमा भिडियो अटो फ्रेमिङ छ भने १०० गुणा स्पेस जूम र शक्तिशाली डुअल टेलि लेन्सयुक्त क्वाडुपल लेन्स क्यामरा पनि रहेको छ । ग्यालेक्सी एस २२ प्लस र एस २२ दुवैमा ५० मेगा पिक्सलको मुख्य क्यामरा जडित छ भनेें ३० गुणा स्पेस जूम भएको १० मेगा पिक्सलको टेलिफोटो लेक्स र १२ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्स छ । यी सबै तीनवटा उपकरणहरु उन्नत भीडी आईएस प्रविधिका साथ उपलब्ध छन्  ।

यस्तै तीनवटै स्मार्टफोनमा पोट्रेट मोड र अटो फ्रेमिङ विशेषताहरु रहेका छन । यी सबै स्मार्टफोनहरु डीएसएलआर जस्तो अनुभव दिलाउन एक्सपर्ट रअ एपका साथ उपलब्ध भएका छन् । १६ बिटसम्मको रअ फ्रम्याटमा फोटोहरु राख्न सक्ने क्षमता भएकोले ग्राहकले आफ्ना तस्बिरहरुको सम्पादनहरु गर्दा ज्यादा नियन्त्रण राख्न सक्नेछन् । ग्यालेक्सी एस २२ सिरिज नेपालमा पछिल्लो चार एनएम स्न्यापड्रागन आर आठ जेन एक मोबाइल प्लेटफर्मका साथ उपलब्ध छ, जसले सामसङको सबैभन्दा उन्नत एआई र एमएल प्रोसेसिङलाई शक्ति दिन्छ । यसमा वाइफाइ ६ई पनि छ, जुन वाइफाइ ६ को तुलनामा दुई गुणा बढी छिटो चल्छ, ग्यालेक्सी एस २२ अल्ट्राको शक्तिशाली ब्याट्रीमा चल्ने पावर एकपटकको चार्जबाटै दिनभरभन्दा बढी चल्ने क्षमता राख्दछन् ।

ग्यालेक्सी एस २२ ले ४५ वाटको छिटो चार्जलाई सपोर्ट गर्ने भएकोले १० मिनेटको चार्ज गरेर ५० मिनेटभन्दा बढीको भिडियो छायाँकन गर्न सकिनेछ । ग्यालेक्सी एस २२ अल्ट्रा इमर्सिभ ६.८ इन्च, डाइनामिक एमोलेड दुई एक्स डिस्प्लेका साथ उपलब्ध छ भने ग्यालेक्सी एस २२ र एस २२ प्लस डाइनामिक एमोलेड दुई एक्स डिस्प्लेका साथ एस २२ मा प्रिमियम ६.१ इन्च डिस्प्ले र एस २२ प्लसमा स्पोर्टस ६.६ इन्चको डिस्प्ले जडान गरिएको छ । ग्यालेक्सी एस २२ ले १३०० निट्सको उच्चतम उज्यालोपना प्रदान गर्छ भनें ग्यालेक्सी एस २२ प्लसमा उच्चतम १७५० निट्सको रहेको छ । यस्तै तीनवटै स्मार्टफोनमा भिजन बुस्टर प्रविधि जडान गरिएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी एस २२ सिरिजले सामसङको हालसम्मकै सबैभन्दा टिकाउ मोबाइल प्रस्तुत गरेको छ । यस्तै ग्यालेक्सी एस २२ र एस २२ प्लस पहिलो एस सिरिजको मोडलहरु हुन्, जुन सबैभन्दा बलियो आल्मुनियम फ्रेम आरमोर आल्मुनियमबाट बनेको छ । ग्यालेक्सी एस २२ सिरिज पहिलो स्मार्टफोन पनि हो, जसमा न्यू कर्निङ्ग आर, गोरिल्ला आर, ग्लास भिक्टस आर प्लस विशेषता रहेको छ । ग्यालेक्सी एस २२ सिरिजहरु सामसङको शक्तिशाली नोक्स भाउल्ट सेक्युरिटी प्लेटफर्मद्वारा संरक्षित छ, जसमा प्रोसेसर र मेमोरीको सुरक्षा पनि संलग्न छ, यसले फोनको मुख्य अपरेटिङ्ग सिस्टम देखि पासवर्डहरु, बायोमेट्रिक्स वा ब्लक चेन किहरु जस्ता संवेदनशील डाटालाई अलग्गै राखिदिन्छ ।

ग्यालेक्सी एस २२ सिरिजहरुमा ए आरएम माइक्रो आर्किटेक्चर लगायतका केही नयाँ सुरक्षा विधिहरु समाविष्ट छन्, जसले अपरेटिंग सिस्टम र मेमोरीमा लक्षित गरेर गरिने साइबर आक्रमणहरुको बचाउ गर्न मद्दत पुग्छ । साथै यस सिरिजहरुमा भएको सामसङ वालेटले डिजिटल भुक्तानी, आइडि, किइज र एसेट व्यवस्थापनलाई एउटा टुलमा संयोजन गरिदिएर विद्यार्थी परिचयपत्र देखाउनेदेखि उडानअघि ट्राभल डकुमेन्टहरु एकत्रित गर्नेसम्म सबै कामलाई सरल बनाइदिन्छ । यस्तै कम्पनीले ग्यालेक्सी एस २२ सिरिज वातावरणप्रति सचेत नवप्रवर्तनलाई प्राथमिकता प्रदान गरेर डिजाइन गरेको छ ।

सिरिजको कि ब्राकेट र एस पेनको भित्री खोल २० प्रतिशत पुन:प्रशोधित माछा मार्ने जालले बनाइएका छन् भनें प्याकेजिङ्गलाई शतप्रतिशत पुन प्रशोधित कागज र पुनः प्रशोधित प्लाष्टिक प्रयोग गरिएको सुरक्षित फिल्मको प्रयोग गरेर दीगो बनाइएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा ती प्रकृति प्रेरित रँगहरु फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र बर्गेन्डीमा उपलब्ध छ । यस्तै ग्यालेक्सी एस २२ र एस २२ प्लस फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र हरियो रँगमा उपलब्ध गराइएको छ ।

साथै फोनमा एक वर्षको ब्रेकेज इन्स्योरेन्सु, हरेक महिना छ हजार तीन सयेको ईएमआई र शून्य प्रतिशत डाउन पेमेन्टमा फोन खरिद गर्ने सुविधा तथा १५ हजार रुपैयाँसम्मको गिफ्ट पनि छ । कम्पनीले १२/५१२ जीबीको ग्यालेक्सी अल्ट्राको मूल्य एक लाख ६९ हजार नौ सय ९९ रुपैयाँ र १२/२५६ जीबीको अल्ट्राको मूल्य एक लाख ५९ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ । यसैगरी ८/२५६ जीबीको एस २२ प्लसको मूल्य एक लाख २९ हजार नौ सय ९९ रुपैयाँ र ८/२५६ जीबीको एस २२ को मूल्य एक लाख १२ हजार नौ सय ९९ रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु