global ime bank Long Banner Ad

गृहपृष्ठ सोलुखुम्बुमा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

सोलुखुम्बुमा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

सोलुखुम्बुमा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र काठमाडौं स्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधर सिनी आरले आज संयुक्त रुपमा उद्घाटन गरे ।

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको 'India@75 आजादीका अमृत महोत्सव' अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो । 'भारत-नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा यस परियोजनामा निर्माण गरिएको हो । यस परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार तथा विद्यालय लगायत अस्पताल, सरकारी कार्यलय र घुम्न आउने पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउनेछ । यस परियोजनाले विशेष गरी त्यस क्षेत्रका बासिन्दालाई पानी भर्न टाढासम्म जानुपर्ने दैनिक झन्झटबाट मुक्त गरी उनीहरुको जीवनस्तर उकास्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सोलुखुम्बुका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सोलुखुम्बु जिल्लामा ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले खानेपानी व्यवस्थापनको क्षेत्रमा नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पुर्‍याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

प्रकाशित समय : १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु