सन्तोष पन्तको ‘हिजो आजका कुरा’ को प्रदर्शन मिति तय
वि.सं.२०७८ फागुन ३० सोमवार २१:५७
shares

वरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको हाँस्य प्रदान सामाजिक कथानक चलचित्र ‘हिजो आजका कुरा’ को प्रदर्शन मिति तय गरिएको छ । आफ्नो चलचित्र ०७९ सालको असोज २८ गते दर्शकमाझ आउने जानकारी निर्देशक साकार पन्तले दिएका छन् । पहिला ०७७ वैशाख १२ मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनमा परेको थियो । अब भने ‘हिजो आजका कुरा’ दशैँ तिहारको माहौल पारेर प्रदर्शन गर्न लागीएको हो ।
बिके फिल्मस् र एफडिले बितरण गर्ने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा विश्वकर्मा, स्व।जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसी (बालकलाकार) लगायतकोे अभिनय छ ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा पन्तले लेखेका हुन् भने पटकथा सन्दीप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।

























