मानव तस्करीको आरोपमा भारतीय नागरिक पक्राउ
वि.सं.२०७८ फागुन ३० सोमवार १९:५५
shares

सुनसरीमा मानव तस्करीको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन् ।
एसपी नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शंखरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो । सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका-८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो ।
फिरोज काठमाडौँमा घर बनाउने काममा संलग्न थिए । फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।
























