ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय
वि.सं.२०७८ फागुन ३० सोमवार ००:३७
shares

वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने निर्णय गरेका छन् । बैंकर्स संघका अनुसार निक्षेपमा फागुनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरिएको हाे । बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
ब्याजदर घटाउने वा बढाउने भन्ने विषयमा शुक्रबार साँझ २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको बैठक बसेको थियो । बैठकमा ब्याजदर बढाउने वा घटाउने विषयमा सीईओहरु विभाजित देखिएका थिए । अधिकांश बैंकर्सहरुले ब्याजदर घटाउने होइन बढाउनु पर्ने धारणा राखेका थिए । तर ब्याजदर बढाएरमात्रै निक्षेप नआउने भन्दै ब्याजदर स्थिर राख्ने निणर्य संघले गरेको हो ।
पछिल्लो केही महिनायता लगानीयोग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् । फागुन महिनामा सहज भए चैतका लागि ब्याजदर घटाउने बैंकर्सहरुको भनाइ थियो ।

























