global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा निर्णय भएको छैन : महामन्त्री थापा

निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा निर्णय भएको छैन : महामन्त्री थापा

निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा निर्णय भएको छैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् । आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने महामन्त्री थापाले बताए ।

प्रेस युनियन सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उनले भने, 'कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको आवश्यकता हो । याे गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन ।'

उनले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भने, 'त्यति बेला तत्कालीन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो । दुईवटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरी एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ ।' उनका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्ला-एक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ ।

महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो साताभित्र निर्णय हुने स्पष्ट पारे । अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरुको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उनले जानकारी गराए । महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबण्डाको अन्त्य गर्न खोजेको बताए । पार्टीभित्र हुने भागबण्डाको प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उनको भनाइ थियो ।

प्रकाशित समय : ०१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु