काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज केन्द्रीय समितिलाई पूर्णता दिएर सकिँदै माओवादी बैठक

9.37K
shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अपूर्ण केन्द्रीय समितिलाई पूर्णता दिएर सकिने भएको छ । गत शुक्रबारदेखि सुरु भएको बैठक आज केन्द्रीय समितिलाई पूर्णता दिएर सकाउने तयारी गरिएको हो । बैठक आज ११ बजेका लागि तय भएको छ ।

आजको बैठक बस्नुअघि बिहान अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'को निवासमा नेताहरूबीच अनौपचारिक छलफल भएको छ । विभिन्न ६ एजेण्डासहित शुक्रबार सुरु बैठक २ दुई दिन स्थगित गरेर सोमबार सक्ने तयारी गरिएको हो । गबैठकमा ६ एजेण्डामा छलफल गर्ने प्रस्ताव गरिएको थियो । जसमा अध्यक्षको तर्फबाट रिर्पोटिङ गर्ने, एमसीसीबारे छलफल गर्ने, संगठनबारे काम गर्ने भनिएको थियो ।

संगठनात्मक काममा केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीलाई पूर्णता दिने प्रस्ताव गरिएको थियो । यस्तै, अर्को एजेण्डामा पार्टी नेताको कार्यविभाजन, स्थानीय निर्वाचन तयारीका विषय थिए । गत शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रिर्पोटिङ र नेता नारायणकाजी श्रेष्ठले एमसीसी बारेमा धारणा राखे । अब  सोमबार बस्ने केन्द्रीय समिति बैठकमा अपूर्ण केन्द्रीय समितिलाई पूर्णता दिएर सक्ने तयारी गरिएको छ ।

अब अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच चिसिएको सम्बन्ध समेत सुधार भएको बताएको छ । प्रचण्डले पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठ पार्टी छोडेर गएपनि हुन्छ भन्ने घुमाउरो भाषामा अभिव्यक्ति दिएको भन्दै उनी चिढिएका थिए । अन्तत: प्रचण्ड र नारायणकाजीबीच पटक-पटक संवाद भएपछि विवाद साम्य भएको छ ।

यस्तै, अब पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो तत्काल नबनाइने ती नेताले बताए । विधान बमोजिम ३०१ जना केन्द्रीय सदस्य बनाउने भनिएपनि अहिलेसम्म २४६ जना मात्रै बनाइएको छ ।