‘इक्वालिटी कप महिला क्रिकेट’मा सुनसरी र झापा विजयी
वि.सं.२०७८ फागुन २३ सोमवार १५:५७
shares

प्रथम ‘इक्वालिटी कप महिला क्रिकेट-२०२२’ प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो दिनको खेलमा सुनसरी र झापा जिल्ला विजयी भएका छन् ।
नेपाल क्रिकेट फाउन्डेशन र मोरङ क्रिकेट संघद्वारा संयुक्तरूपमा आयोजित विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा सुनसरी र झापा विजयी भएका हुन् । पहिलो खेलमा सुनसरीले मधेस प्रदेशको सप्तरीलाई १० विकेटले पराजित गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा १४ दशमलव दुई बलमा सबै विकेट गुमाई ४३ रन बनाएको थियो । सुनसरीले तीन दशमलव तीन बलमा विना विकेट क्षतिमा ४४ रन बनायो ।
यसैगरी आज भएको दोस्रो खेलमा नेपालका अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित झापाले मोरङलाई एक विकेटले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा आठ विकेट गुमाई ४० रन बनाएको थियो भने झापाले चार दशमलव एक बलमा नौ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
सोमबारको पहिलो खेल झापा र सप्तरी दोस्रो खेल सुनसरी र मोरङबीच हुने फाउन्डेशनले जनाएको छ ।

























