काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

घरघरमा धारा, स्थानीयवासी खुसी

11K
shares

घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका-६ ढुंग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् ।

ढुंग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यामिक विद्यालय ढुंग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौँदेखि खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यावाद दिए ।

पुस्तौँदेखी घण्टौँ लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेको यहाँको बासिन्दाले स्थानीय सरकार आएसँगै घरघरमा धारा आउँदा आफुहरु खुसी भएको बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो  गर्नमा  लाग्नुपर्ने  अवस्था रहेका  थिए ।

उनले भने,'एक गाग्री पानी लिन घण्टौँ लगाएर धाउनुपर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोह गर्नुपर्ने हुन्थ्यो पानीको धारा घर-घरमा आगमनै आएपछि गाउँलेले सुखको अनुभूति गरेको गरेको छ ।' वर्षौदेखिको आफूहरुले पहल गरिरहेपनि स्थानीय सरकार आएसँगैँ पूरा भएको उनको  भनाई छ ।

गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाई छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत ८० घरधुरी रहेको  छन् । सो आयोजनाबाट ५१६ जना जनसंख्या लाभान्वित भएका छन् ।

सो आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा सम्पन्न भएको उनले  बताए ।  गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ रुपैयाँ बराबरको श्रमदानमा सम्पन्न भएको हो ।

उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग  रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र  पारिएको  बताउनुभयो । गतवर्ष मात्र मोटरबाटो  पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि  व्यवसायी तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाई छ ।

गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसगैँ व्यवसायी खेतीतर्फ स्थानीयवासीालाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन समेत गरिहेको उनको भनाई छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना  विशेष गरी तरकारी तथा फलफुलखेतीका लागि उर्वर भूमि मानिन्छ ।