काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भारतमा थप ६ हजार ५ सयभन्दा बढीमा कोरोना संक्रमण

10.4K
shares

भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या चार करोड २९ लाख  ४५  हजार  भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । सोही अवधिमा कोरोना संक्रमणको कारण १४२ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार ३८८ को मृत्यु भएको जनाइएको छ ।

भारतमा अहिले संक्रमितअवस्थामै रहेकाको संख्या ७२ हजार १५२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या कूल सङ्क्रमितको ०.१८ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

भारतमा गत २४ घण्टामा १४ हजार ९४७ कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ५३ हजार ६२० कोरोना मुक्त भएका समाचारमा जनाइएको छ ।  कोरोना निको भएको यो दर ९८.६२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म भारतमा एक अर्ब ७८ करोड भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको समाचारमा जनाइएको छ ।