काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सानिमा बैंक अब काभ्रेको तामाघाटमा

11.91K
shares

सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखाल, तामाघाटमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उदघाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका थिए ।

उदघाटन समारोहमा मेयर खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १०४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।