काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सेयर बजारमा ७ अंक गिरावट

12.64K
shares

साताको पहिलो दिन आज (आइतबार) नेपालको सेयर बजारमा ७ अंकको गिरावट आएको छ । प्रि-ओपनिङमा बढेर कारोबार सुरू भए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ७.७३ अंकले घटेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक २६५३ अंकमा आइपुगेको छ ।

आज ३ अर्ब २७ करोड रुपैयाँ बराबरको ७० लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका १३ मध्ये दुई समूहमा सुधार आएको छ । जलविद्युत समूह ३४ अंक र अन्य समूहमा १५ अंकले सुधार आएको हो । यसबाहेक, कारोबारमा आएका अन्य सबै समूहमा गिरावट आएको छ । आज कारोबार भएकामध्य जीवन बिमा समूहमा ११६ अंकले घटेको छ भने उत्पादनमूलक समूहमा ७१ अंकले घटेको छ । यस्तै, निर्जीवन बिमा समूहमा ३२ अंकले तथा लघुवित्त समूहमा ३१ अंकको गिरावट आएको छ ।