हरेक आइतबार दराज एपमा आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट
वि.सं.२०७८ फागुन १५ आइतवार २०:२७
shares

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र दराजबीच सम्झौता भएको छ । सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुयालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ। यसअनुसार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आईएमई पे भिसा कार्डको १० प्रतिशत छुट (३५० र ५०० रूपैयाँ सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ । उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक प्रमोद प्रमोदमान सिंह बस्नेतले यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुटसम्बन्धी अफरहरु ल्याइसकेको र यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने विश्वास व्यक्त गरे ।
हरेक आइतबार वालेट डेको सुरुवात गरिएको उपलक्ष्यमा बोल्दै दराजका भुक्तानी र साझेदारी प्रमुख अरुण फुयालले दराजमा आइएमई पे एपमार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यासब्याकको फाइदा पनि उठाउन सक्ने बताए ।
























