प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बादलको चाहना
वि.सं.२०७८ फागुन १४ शनिवार १९:१०
shares

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बएताका छन् । सनिबार सुर्खेतको वीरेन्द्रनगरमा उनले पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् ।
'आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठछु, संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको थिएँ' सुर्खेत विमान स्थलमा पत्रकारहरुसंग बादलले भने । नेता बादलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफ्नो दलले प्रस्ट धारणा बनाइ नसकेको बताए । एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई समाधामुखले मान्यता नदिएसम्म आफूहरु संसदीय काम कारबाहीमा सहभागी नहुने उनको भनेका छन् ।
सो माग पूरा भएपछि मात्र पार्टीले एमसीसीबारेमा ठोस र आधिकारिक धारणा बनाउने बादलले बताए । 'सभामुखले सूचना टाँस गर्नुभएको छैन, त्यसैले उनले राजीनामा दिएर मार्ग प्रशस्ट गरिदिनुपर्छ' उनले भने । सत्तारुढ नेपाली काँग्रेससँग सहकार्य गर्ने कुनैपनि सहमति नभएको पनि बादलले बताए ।

























