काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ग्राण्डीका अध्यक्ष कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान

11.84K
shares

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष इन्जिनीयर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित भएको छन् ।

फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले व्यवस्थापक एवं उद्यमी इञ्जिनीयर कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व गरेकाे भन्दै शुक्रबार साँझ थाइल्याण्डको ब्यांक्कमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रसंशनीय कार्य गरेबापत इञ्जिनीयर कुँवरलाई सम्मान गरिएको सो युर्निभर्सिटीले जनाएको छ । नेपाल घरजग्गा व्यवसायी महासंघकाे द्वितीय उपाध्यक्षसमेत रहएका इञ्जिनीयर कुँवरले गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरेर आफ्नो व्यावसायिक क्षेत्रमा कुशलता निर्वाह गरेका छन् । कुँवरले गोँगबुको नयाँबसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि लोत्से बहुउद्देश्यीय प्रालिको अध्यक्षसमेत भएर काम गरे ।