काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इलाम खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न

10.42K
shares

इलाम बजार साना सहरी खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ । एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माणाधीन खानेपानीको हाल उपभोक्ताका घरघरमा पानीको धारा जडान भइरहेको छ ।

आउने चैत मसान्तभित्र उपभोक्ताका घरमा पानी झार्ने गरी काम भइरहेको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिए । उनका अनुसार इलाम नगरपालिकाभित्र रहेका सडक निर्माणले वितरण पाइपमा केही क्षति पुगेकोले  पुनः मर्मत गर्ने तयारी भइरहेको छ ।

रिर्जव ट्यांकी र वितरण लाइनमा परीक्षणका लागि पानी छोड्दै जाने बताइएको छ । आयोजनाको कूल लागतको ७० प्रतिशत रकम एडिबीले बेहोर्ने सम्झौता पत्रमा उल्लेख छ । सुरुको लागतको अनुमानित रकम ५ प्रतिशतले हुन आउने चार करोड रुपैयाँ भन्दा बढी रकम उपभोक्ताले जम्मा गरिसकेका छन् । यो आयोजनाको पानी आएपछि इलाम बजार र आसपासका क्षेत्रका उपभोक्ताले चौबिसै घण्टा पानी आउने बताइएको छ ।

करिब चार हजार घरधुरीलाई खानेपानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनामा हालसम्म दुई हजार ८०० धारा जडान गरिसकिएको छ । ८४ करोड ७९ लाख १८ हजार ६१५ रुपैयाँ लागत रहेको आयोजनाको निर्माणका लागि भने ५७ करोड ९५ लाख रुपैयाँको सम्झौतामा आयोजनाको काम भइरहेको छ ।

सन्दकपुर गाउँपालिकामा रहेका विभिन्न खोल्साको पानी जम्मा गरेर इलाम बजारमा ल्याइँदै छ जसमा ४१ किलोमिटर आयोजनाको प्रसारण लाइन हुनेछ । आयोजनाअन्तर्गत इलाम नगरपालिका-६, ७, ८ र ९ का नगरका ४ हजार १०० धारामा चौबिसै घण्टा खानेपानी आउने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष थापाले बताए ।