काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

8.82K
shares

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । अघिल्लो दिन अधिकतम ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा थप ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।