काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः चन्द चयन

8.3K
shares

निर्माण व्यवसायी संघ बैतडीको अध्यक्षमा पुनः सुरेशबहादुर चन्द सर्वसम्मतरूपमा चयन भएको छ । मंगलबार सम्पन्न १७औँ साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा कमलसिंह बोहरा, द्वित्तीय उपाध्यक्षमा दमन कुँवर, महासचिवमा विकास चन्द, सचिवमा पुरन टेर र कोषाध्यक्षमा श्यामबहादुर चन्द चयन भएको छ । समितिको कार्यकाल तीन वर्षको हुने नवनिर्वाचित महासचिव विकास चन्दले जानकारी दिए ।