काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमसीसी दौडधुप, देउवाको सन्देश बोकेर गृहमन्त्री खाण खुमलटार हुँदै बालकोट

10.77K
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान परियोजना संसद्‌बाट अनुमोदन गराउन निर्णायक दौडधुप चलाएका छन् । देउवाले सत्ता साझेदार र विपक्षी दलहरूसँगको संवादलाई समानान्तर तरिकाले अघि बढाएका हुन् ।

मंगलबार रातिसम्म सरकारी निवास बालुवाटारमै विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका देउवाले बुधबार बिहानैदेखि संवादलाई थप गति दिएका हुन् ।

बुधबार बिहानै प्रधानमन्त्रीको सन्देश बोकेर गृहमन्त्री बालकृष्ण खाण नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका थिए । प्रचण्डसँगको भेटमा खाणले एमसीसी पारित गर्नुपर्ने बताएका थिए । उनीहरुबीचको भेटमा अर्थमन्त्री जनार्दन शर्मा समेत सरिक थिए ।

लगत्तै खुमलटारबाट बालकोट हानिएका खाणले एमाले अध्यक्ष ओलीसँग पनि निर्णायक भेटवार्ता गरेका हुन् । करिब ४५ मिनेट छलफल गरेका उनले भोलिको संसदमा एमसीसीबारे छलफल हुने र सहयोगका लागि अनुरोध गरेको बालकोट स्रोतको भनाइ छ ।

प्रधानमन्त्री देउवा एमसीसी अनुमोदन गर्न सकेसम्म सर्वदलीय सहमति जुटाउने, नभए सत्ता गठबन्धनमा मात्रै भए पनि सहमति गरेर एमसीसी अनुमोदन गराउने प्रयास गरिरहेका छन् । तर‚ सत्ता गठबन्धनभित्र दलहरूबीच सहमति नभए प्रमुख प्रतिपक्ष एमालेसँग मिलेर भए पनि एमसीसी पारित गर्ने गरि दौडधुप चलाएका छन् ।